सत्तापक्षकै कारण विधेयकहरूमा ढिलाइ : हितराज पाण्डे
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरू अघि बढ्न नसकेको बताएका छन् ।
आइतबार सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि नेता पाण्डेले संसद् अधिवेशन, विधेयकको अवस्था लगायतका बारेमा सभामुखले चासो राखेको बताए ।
‘समितिमा रहेका संघीय निजामती, विद्यालय शिक्षा लगायतका महत्त्वपूर्ण विधेयकहरू छिटो अघि बढाउन पाए हुन्थ्यो भनेर सभामुखले चासो राख्नुभयो’, पाण्डेले भने, ‘तर यी विधेयकहरू अघि बढाउन सत्तापक्षका सांसदहरूले पनि ध्यान दिनुपर्छ भनेका छौँ ।’
उनले विपक्षीका तर्फबाट गर्नुपर्ने सवालमा छलफल गर्न तयार रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकसम्म पुग्दा धेरै विषयहरूमा सहमति जुट्ने बताए ।
सभामुखसँगको छलफलमा प्रतिपक्ष दलका सचेतकहरूले सरकारले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको भन्दै ध्यानाकर्षण गराएका थिए ।
‘अध्यादेशका बारेमा सरकारले संसद्लाई रेस्पोन्स गरिरहेको छैन । संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएको छ’, पाण्डेले भने, ‘अध्यादेशमा आएका कन्टेन्टका बारेमा हामी सरकारसँग संसदमा कुरा गर्छौ ।’
उनले विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने धारणा राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण