पशुपति विकास कोषको जग्गामा भ्रष्टाचार : बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको ४६ करोडको भ्रष्टाचार मुद्दा आइतबार पनि बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ।
न्यायाधीशद्धय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको मुद्दामा एमाले नेता निर्मल कुइँलेलसहित अन्य प्रतिवादीका कानुन व्यवसायीहरूको बहस बाँकी रहेपछि हेर्दाहेर्दै राखिएको हो । उक्त मुद्दा सम्भवतः सोमबार वा अर्को दिन पेसी तोक्ने तयारी भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
तत्कालीन नेकपा एमाले काठमाडौँ–४ का अध्यक्ष निर्मल कुइँकेल पशुपति विकास कोषको सदस्य सचिव भएको वेलामा कोषको जग्गा भाडामा दिँदा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जोडिएको उक्त भ्रष्टाचार मुद्दामा माघ १० गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।
बिहीबार भने नेपाल सरकारका तर्फबाट सुरुवाती बहस भएको थियो । उक्त दिन बहस भएको थियो । आइतबार केही समय अख्तियारका तर्फबाट बहस भएको थियो । उनीहरूको बहसपछि प्रतिवादीका तर्फबाट बहस भएको थियो । भ्रष्टाचार मुद्दा भएको र ठुलो बिगो भएका कारण बहसका लागि समय लागेको हो ।
निरन्तर सुनुवाइ गर्दै टुङ्गाउने उद्देश्यले सर्वोच्चले यो मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गरिरहेको छ । अर्को पेसीमा बहस टुङ्गाएर फैसला हुने सम्भावना रहेको प्रवक्ता कुइँकेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण