अखिल क्रान्तिकारी अपडेट : मधेस प्रदेशबाट पौडेलले पाए जम्मा एक भोट
काठमाडौँ । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनको मतगणनामा मधेस प्रदेशबाट अध्यक्षका उम्मेदवार सुदिन पौडेलले जम्मा एक मत पाएका छन् ।
यस्तै अध्यक्षका अन्य उम्मेदवारहरू उपदेश यादवले ६५, हेमन्त राईले ४१ तथा विजय प्रकाश शर्मा सापकोटाले ४० मत प्राप्त गरेको माओवादी केन्द्र मधेस प्रदेशका नेता भरत साहले जानकारी दिए ।
उनले मधेस प्रदेशमा मतगणनाका क्रममा विवाद भए पनि पछि राई र यादव गणनाको पक्षमा उभिएसँगै सहमति जुटेर मतगणना गरिएको बताए । उम्मेदवारहरूमध्ये पौडेल नेता वर्षमान पुन निकट मानिन्छन् भने सापकोटा प्रचण्ड, राई जनार्दन शर्मा र यादव नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।
श्रेष्ठ निकट यादवले मधेस प्रदेशबाट सर्वाधिक मत पाएका हुन् । अखिल क्रान्तिकारीको आइतबार नै सबै प्रदेशको गणना सकेर अन्तिम मत परिणाम सार्वजनिक गर्ने भनिए पनि केही स्थानमा विवाद हुँदा हालसम्म नतिजा आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण