कहिले आउँछ अखिल क्रान्तिकारीको नतिजा ? निर्वाचन समिति नै अलमलमा

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउन ढिलाइ भएको छ । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना विवादका कारण रोकिएपछि नतिजा आउन ढिलाइ भएको हो ।
शनिवार सो सङ्गठनको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । ‘बाहिरको मतगणना लगभग सकिएको छ, विश्वविद्यालय अन्तर्गत वाल्मीकिको एउटा बुथ र विशेष प्रदेशको गन्न बाँकी छ । सम्भवतः भोलि त्यसको गणना हुन्छ’ प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले रातोपाटीसँग भने ।
उनले सम्भवतः भोलि अन्तिम नतिजा आउन सक्ने सम्भावना रहेको बताए । तर उनले विवाद मिलाउन विद्यार्थीहरुबीच छलफल जारी रहेको भन्दै विवाद समाधान कहिले हुन्छ भन्ने यसै भन्न सकिने अवस्था नरहेको संकेत गरे । ‘यो त भविष्यका प्रधानमन्त्री र ठुला मान्छेहरूले नै बुझ्ने कुरा हो’ उनले भने ।
अखिल क्रान्तिकारीको अध्यक्षमा उपदेश यादव, हेमन्त राई, विजय प्रकाश शर्मा र सुदिन पौडेल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान