कहिले आउँछ अखिल क्रान्तिकारीको नतिजा ? निर्वाचन समिति नै अलमलमा
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउन ढिलाइ भएको छ । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना विवादका कारण रोकिएपछि नतिजा आउन ढिलाइ भएको हो ।
शनिवार सो सङ्गठनको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । ‘बाहिरको मतगणना लगभग सकिएको छ, विश्वविद्यालय अन्तर्गत वाल्मीकिको एउटा बुथ र विशेष प्रदेशको गन्न बाँकी छ । सम्भवतः भोलि त्यसको गणना हुन्छ’ प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले रातोपाटीसँग भने ।
उनले सम्भवतः भोलि अन्तिम नतिजा आउन सक्ने सम्भावना रहेको बताए । तर उनले विवाद मिलाउन विद्यार्थीहरुबीच छलफल जारी रहेको भन्दै विवाद समाधान कहिले हुन्छ भन्ने यसै भन्न सकिने अवस्था नरहेको संकेत गरे । ‘यो त भविष्यका प्रधानमन्त्री र ठुला मान्छेहरूले नै बुझ्ने कुरा हो’ उनले भने ।
अखिल क्रान्तिकारीको अध्यक्षमा उपदेश यादव, हेमन्त राई, विजय प्रकाश शर्मा र सुदिन पौडेल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण