विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को उपत्यका विशेष र विश्वविद्यालय प्रदेश अन्तर्गत स्थगित भएको मतगणना सुरु हुने भएको छ । नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचन विवादका कारण दुवै प्रदेशका निर्वाचन समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अनिश्चित कालका लागि स्थगित गरेको थियो । यी प्रदेशको मतगणना आज मध्यान्ह १२ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
‘२३ औँ राष्ट्रिय सम्मेलनको मिति २०८१ माघ १२ गते शनिवारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भएकोमा मिति २०८१ माघ १४ गते मध्यान्ह १२ः ०० बजेबाट सुचारु गरिने ब्यहोरा सूचित गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
शनिबार बेलुका ८ बजेबाट मतगणना सुरु गर्ने भनिएकोमा आचार संहिता र मतपत्रमा प्रयोग भएको रंगको विषयमा अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्त राई पक्षबिच विवाद भएको थियो । विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मतदाता रहेका छन् । अन्य प्रदेशको भने मतगणना सकिएको छ । अहिलेसम्म गनिएको मतगणनामा सापकोटा २० मतले अगाडि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण