पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा आज नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताए । ‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरेको छ’, उनले भने, ‘स्वतन्त्र, व्यावसायिक तथा निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।’
गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाए । पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा उनले जोड दिए । ‘कपोकल्पित समाचार सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालका भ्रम सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्नेलगायत गतिविधिबाट आफू र सञ्चारगृहलाई जोगाउन आग्रह गर्दछु,’ मन्त्री लेखकले भने, ‘त्यस्ता गतिविधि बढेमा समग्र सञ्चारजगतप्रतिको विश्वास कमजोर हुन्छ ।’
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिन्। साथै उनले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकसमक्ष ध्यानाकर्षणपत्र बुझाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण