सम्पत्ति शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरूले अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी रहेको बताएका छन् । सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरूले बनाएको मापदण्ड परिपालना र आफैँले निर्माण गरेको कानुन र नियमावलीहरूको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए । उनले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गरे । उनले सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे । उनले धेरै मुलुकहरू यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताए । उनले नेपाल सरकारले पनि आवश्यक कानुन निर्माण केही प्रयास गरिरहेको बताए ।
उनले भने,‘ सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै समस्या नभएर विश्वकै समस्या हो । धेरै मुलुकहरू यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्नका लागि प्रयास गर्दै आएका छन् । नेपाल सरकारले पनि केही प्रयास गरिरहेको छ । सरकारले आवश्यक कानुन निर्माण गरेको छ । नियम,संरचना निर्माण गरेको छ । अनुसन्धान र अभियोजनका कामकारबाहीलाई अघि बढाएको छ । यसरी केही महत्त्वपूर्ण काम गरेकै छ ।’
अर्थमन्त्री पौडेलले अनुसन्धान र अभियोजनका काम, कारबाहीलाई अघि बढाएको उल्लेख गरे । उनले योबिचमा सम्पत्ति शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भएपनि सोचेअनुसार काम नभएको स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण