माघ १८ गते बस्ने गरी कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौँ । माघ १८ गते बिहान बस्नेगरी नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । आइतबारबाट सुरु भएको कांग्रेस संसदीय दलको बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक १८ गते बस्ने गरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘संसदीय दलको बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा १७,१८ जनाले धारणा राख्नुभयो’, घिमिरेले बैठकबारे जानकारी दिँदै भने– ‘बाँकी सांसदले अर्को बैठकमा बोलिसकेपछि मन्त्री र नेताहरूले जवाफ दिनुहुन्छ ।’
बैठकमा संसद् अधिवेशन, अध्यादेश, बजेट र समसामयिक विषयमा सांसदहरूले मन्त्री र नेतृत्वमाथि प्रश्न गरेका छन् । सांसद रामहरि खतिवडाले अध्यादेशबारे सांसदहरूसँग किन छलफल गरिएन भनेर प्रश्न गरेको बताए ।
साथै आशातीत काम नगरेको भन्दै निराशा चिर्नेगरी काम गर्न मन्त्रीहरुलाई सांसदहरूले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण