माघ १८ गते बस्ने गरी कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ । माघ १८ गते बिहान बस्नेगरी नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । आइतबारबाट सुरु भएको कांग्रेस संसदीय दलको बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक १८ गते बस्ने गरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘संसदीय दलको बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा १७,१८ जनाले धारणा राख्नुभयो’, घिमिरेले बैठकबारे जानकारी दिँदै भने– ‘बाँकी सांसदले अर्को बैठकमा बोलिसकेपछि मन्त्री र नेताहरूले जवाफ दिनुहुन्छ ।’
बैठकमा संसद् अधिवेशन, अध्यादेश, बजेट र समसामयिक विषयमा सांसदहरूले मन्त्री र नेतृत्वमाथि प्रश्न गरेका छन् । सांसद रामहरि खतिवडाले अध्यादेशबारे सांसदहरूसँग किन छलफल गरिएन भनेर प्रश्न गरेको बताए ।
साथै आशातीत काम नगरेको भन्दै निराशा चिर्नेगरी काम गर्न मन्त्रीहरुलाई सांसदहरूले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
-
भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार