अखिल क्रान्तिकारीमा देखिएन प्रजातान्त्रिक संस्कार, निर्वाचन समिति अनिर्णीत
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्ष सहमतिमा नआउँदा मतदान भएको ५० घण्टा पुरा हुँदा समेत अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन निकायका पदाधिकारीका लागि शनिवार निर्वाचन भएको थियो । तर सबैभन्दा बढी मतदाता रहेको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना पटक पटक विवादका कारण रोकिँदै आएको छ । सुरुमा मतपत्रमा प्रयोग भएको मसीलाई मान्यता दिने कि नदिने विवाद हुँदा आइतबार अनिश्चितकालका लागि मतगणना स्थगित भएको थियो ।
सर्वपक्षीय सहमतिको आधारमा सोमबार मध्यान्ह १२ बजेबाट मतगणना थाल्ने भनिए पनि मतपेटिका पेरिसडाँडा लाने विषयले फेरि विवाद भएको थियो । तर आफ्नो अधिकार प्रयोग गरी निर्णय लिने जिम्मेवारी पाएको निर्वाचन समिति अनिर्णीत भएको छ । यद्यपि सहमतिमै मतगणना अगाडि बढाउन पहल भइरहेको निर्वाचन प्रमुख मुक्ति प्रधानले बताए ।
‘सहमतिमै मतगणना अगाडि बढाउन पहल भइरहेको छ । अन्य प्रदेशको नतिजा आइसक्यो । यही दुई प्रदेशमा विवाद हुँदा समस्या भइरहेको छ । लामो समय क्याम्पसमा मतपेटिका राख्न विद्यार्थीलाई पनि समस्या छ । सुरक्षाकर्मीलाई पनि समस्या भइरहेको छ । यी सबैलाई ध्यानमा राखेर भोलिसम्म सहमतिमै अन्तिम नतिजा सार्वजनिक गर्नेगरी पहल भइरहेको छ’, उनले भने ।
यता फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले अनावश्यक विवादमा फस्दा नतिजा सार्वजनिकमा समस्या उत्पन्न भएको बताए । ‘दुवै पक्ष आ–आफ्ना अडानमा छन् । यो अन्य सङ्गठन वा पार्टीबिचको प्रतिस्पर्धा होइन । जित हार जसको भए पनि क्रान्तिकारीकै हो । दुवै पक्षलाई सहमति गराएर मतगणना अगाडि बढाउने पहल भइरहेको छ’, शर्माले भने ।
देशभर २३९८ मतदाता रहेकोमा १९१५ मत खसेको थियो । तीमध्ये यी दुई प्रदेशमा ५२२ मत गन्न बाँकी छ । अहिलेसम्म सापकोटाले २० मतले अग्रता लिएका छन् । उनले ४८१ मत पाउँदा अर्का प्रतिस्पर्धी राईले ४६१ मत पाएका छन् । बौद्धिक सङ्गठन भनेर चिनिने विद्यार्थी सङ्गठनभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धामा न्यूनतम प्रजातान्त्रिक संस्कार समेत नदेखिँदा नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण