‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्न एकीकृत समाजवादीले बनायो घनश्यामलाई कमाण्डर
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने प्रस्ताव अगाडि सारेको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा यो प्रस्तावलाई अघि बढाउन महासचिव घनश्याम भुसाललाई संयोजक बनाइएको उल्लेख छ ।
जिम्मेवारीअनुसार भुसालले पार्टीको तात्कालिक कार्ययोजनाका रूपमा आन्दोलनलाई केन्द्रमा राखेर विचार तथा सङ्गठनका कामलाई सँगसँगै अगाडि बढाउने अवधारणाअनुरूप यो प्रस्तावलाई अघि बढाउने अपानिमा उल्लेख छ । यस कार्यक्रमबारे आगामी केन्द्रीय कमिटीको बैठकमा विस्तृत छलफल गरेर कार्यान्वयनमा लगिने सो पार्टीको भनाइ छ ।
आन्दोलन संयोजन समितिमा सचिवको रूपमा स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ रहेका छन् । आन्दोलन संयोजन समितिको संरचनालाई पनि केन्द्रीय कमिटीको आगामी बैठकले पूर्णता दिनेछ ।
यस्तै नेपालको संविधानमा संशोधनका सम्बन्धमा अहिले उठिरहेका सबै विषयमा पार्टीको धारणा तय गर्नका लागि प्रकाश ज्वालाको संयोजकमा एक कमिटी बनाइएको छ । उक्त कमिटीमा नेताहरू गरिमा शाह, गणेशबहादुर विश्वकर्मा, रामचन्द्र यादव, घनप्रसाद गौतम, राजन राई, गोविन्द बन्दी र शङ्कर सुवेदी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण