उत्तर प्रदेश : महोत्सवमा मचान भत्किँदा पाँच जनाको मृत्यु, २० जना गम्भीर घाइते
मङ्गलबार, १५ माघ २०८१, १२ : १८
उत्तर प्रदेश । उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायको लड्डू महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ । बागपतका डीएम अस्मिता लालले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले २० जना गम्भीर घाइते भएको बताए ।
बरौतमा भगवान् आदिनाथको ‘लड्डू पर्व’ मा मनस्तम्भ परिसरमा निर्माण गरिएको काठको मचान भत्किँदा ५० भन्दा बढी भक्तजन च्यापिएका थिए । मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीले घाइतेको उचित उपचार गर्न पनि निर्देशन दिएका छन् । एम्बुलेन्स नहुँदा धेरै घाइतेलाई इ–रिक्सामा अस्पताल पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण