उत्तर प्रदेश : महोत्सवमा मचान भत्किँदा पाँच जनाको मृत्यु, २० जना गम्भीर घाइते
मङ्गलबार, १५ माघ २०८१, १२ : १८
_aCaxUBOFBR.png)
उत्तर प्रदेश । उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायको लड्डू महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ । बागपतका डीएम अस्मिता लालले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले २० जना गम्भीर घाइते भएको बताए ।
बरौतमा भगवान् आदिनाथको ‘लड्डू पर्व’ मा मनस्तम्भ परिसरमा निर्माण गरिएको काठको मचान भत्किँदा ५० भन्दा बढी भक्तजन च्यापिएका थिए । मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीले घाइतेको उचित उपचार गर्न पनि निर्देशन दिएका छन् । एम्बुलेन्स नहुँदा धेरै घाइतेलाई इ–रिक्सामा अस्पताल पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कात्तिकको दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने
-
दोस्रो सातामा ‘महाभोज’, धमाधम फिल्म हेर्दै कलाकर्मी
-
कोशी प्रदेशले बढायो मोटरसाइकलको वार्षिक कर
-
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी