कोरियामा ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम सम्पन्न
दक्षिण कोरिया । कोरियाली नयाँ वर्षको अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले एक कार्यक्रम सम्पन्न गरेको छ ।
राजधानी सउलमा सम्मान तथा ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम सम्पन्न गरिएको हो । गौतम बुद्ध नेपालमा जन्मिएको विषयमा कोरियाली समुदायमा रहेको भ्रमलाई चिर्न यो कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।
विपिन कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए एकता महाधिवेशन उच्चस्तरीय समितिका सदस्य विनोद कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विशेष अतिथिका रूपमा सचिव जुनु गुरुङ र प्रवक्ता डा. प्रकाश धमाल उपस्थित थिए ।
कार्यक्रममा कुँवरले आफ्नो गैरआवासीय नेपाली संघले विगत लामो समयदेखि ‘Buddha Was Born In Nepal’ अभियान सञ्चालन गरिरहेको बताउँदै कोरियामा यस अभियानको पुनःसुरुआत हुनु निकै सकारात्मक कदम भएको बताए ।
उनले गैरआवासीय नेपाली संघको केन्द्रमा देखिएको विवादलाई सर्वोच्च अदालतको परमादेशअनुसार छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । साथै, उनले एनआरएनएलाई विधि, विधान र एकतामा आधारित बनाउँदै अघि बढ्न कसैले रोक्न नसक्ने कुरा पनि स्पष्ट पारे ।
कार्यक्रममा कोरियामा रहेका विभिन्न राजनीतिक दलका प्रमुख, पत्रकार महासंघ, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिह र कोरियामा रहेका लामा गुरु र बौध्द धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति थियो । सो अवसरमा नेपाली समुदायका लागि भूमिका खेलेको भन्दै विनोद कुँवरलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण