संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छः महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताए । उनले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्नेकुरामा तिब्रता दिने बताए ।
संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभविक रहेको बताए ।
उनले भने, ‘संसदको बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूचि त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन् । २५ पनि बैठक हुनेछ । २७,२८,२९ गते बैठक हुनेछ । संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पाल्र्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पु¥याउने सन्दर्भमा भन्नेकुरा उठाउनु भयो । संसद र संसदीय समितिमा सत्ता पक्ष महत्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भुमिका निर्वाह गर्नुपर्छ ।’
प्रमुख सचेतक बर्तौलाले संसद र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण