सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा प्रयोगकर्ताले पालना गर्नुपर्ने के–के छन् शर्त ?
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धी विधेयक दर्ता गराएको छ । विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तको समेत व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा ‘हेट स्पिच’ मानिने कार्य गर्न नहुने व्यवस्था गरेको छ ।
विधेयकमा ‘हेट स्पिच’ भन्नाले व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोस्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रि–पोस्ट, ट्याग, ह्यासट्याग, मेन्सन गर्ने वा यस्तै प्रकृतिको अन्य कार्यलाई सम्झनुपर्ने भनिएको छ ।
यस्तै, भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार गरेमा समेत कारबाहीको भागिदार हुनुपर्ने व्यवस्था विधेयकमा छ ।
प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार सामाजिक सञ्जालमार्फत गर्न नपाइने व्यवस्था पनि विधेयकमा उल्लेख छ । प्रचलित कानुनले निषेध गरेका क्रियाकलापको नक्कल वा सेयर नगर्ने, अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विषयवस्तु प्रसार गर्न नहुने व्यवस्था विधेयकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण