गृहमन्त्री लेखकसँग भारतका अतिरिक्त सचिव महावरको भेट
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । मङ्गलवार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुई देशका सीमा सुरक्षा बल बिचको सम्बन्ध तथा सहकार्य र लागू औषध ओसार पसार तथा दुर्व्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।
साथै कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्बन्धी समझदारीबारे समेत छलफल भएको गृह मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री लेखक र अतिरिक्त सचिव महावरले दुई देशबिच आगामी दिनमा समेत सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् । मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाव पार्ने हुँदा उक्त विषयमा दुवै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण