विपिन जोशीको रिहाइमा पहल गरिदिन सभापति देउवाले गरे इजराइल राजदूतसँग अनुरोध
बुधबार, १६ माघ २०८१, १२ : ३४

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गरिदिन इजराइलसँग अनुरोध गरेका छन् ।
बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्मेलनमा सहभागी हुन आएका इजराइली राजदूत समुलिक एरी बासको ध्यानाकर्षण गराउँदै उनले सो कुरा राखेका हुन् ।
‘इजराइलमा अहिले शान्ति प्रक्रिया सुरु भएको छ, हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इजराइली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु, मलाई आशा छ उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं,’ सभापति देउवाले सो क्रममा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट