विपिन जोशीको रिहाइमा पहल गरिदिन सभापति देउवाले गरे इजराइल राजदूतसँग अनुरोध
बुधबार, १६ माघ २०८१, १२ : ३४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गरिदिन इजराइलसँग अनुरोध गरेका छन् ।
बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्मेलनमा सहभागी हुन आएका इजराइली राजदूत समुलिक एरी बासको ध्यानाकर्षण गराउँदै उनले सो कुरा राखेका हुन् ।
‘इजराइलमा अहिले शान्ति प्रक्रिया सुरु भएको छ, हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इजराइली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु, मलाई आशा छ उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं,’ सभापति देउवाले सो क्रममा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण