ओम प्रतिकले थाले ‘मोहोर’को छायांकन
बुधबार, १६ माघ २०८१, १३ : ३१
काठमाडौँ । निर्देशक ओम प्रतिकले नयाँ फिल्म ‘मोहोर’को छायांकन सुरु गरेका छन् । उनले काठमाडौँको कागेश्वरीस्थित गागलफेदीबाट फिल्मको छायांकन सुरु गरेका हुन् ।
फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा लगायतको अभिनय रहने छ । चुम्बन जङ्ग शाही निर्माता रहेको फिल्मको कथा पनि निर्देशक प्रतिककै हो ।
फिल्म मेकर्स प्रालिको प्रस्तुतिमा बन्ने फिल्ममा दिपेन बस्नेतको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहनेछ ।
काठमाडौँको अलवा दाङ र रोल्पामा समेत फिल्मको छायाङ्कन हुनेछ । फिल्मको प्रदर्शन २०८२ सालको तिज वरिपरि गरिने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण