गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बुधवार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको समिति सभापति दीपक सिंहले जानकारी दिएका हुन् ।
उनले समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भए पनि १२ जना मात्रै सांसद उपस्थित भएको जानकारी दिए । दुई जना नपुगेर १ घण्टासम्म कुरे पनि सांसदहरू उपस्थित नभएकाले बैठक स्थगित भएको उनको भनाई छ ।
उनले शहीद दिवस र सार्वजनिक बिदा भएकाले सांसदहरू बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली कांग्रेसका सांसदहरूले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाइसकेकाले स्थगित गर्न नसकिएको बताए । उनले बैठकमा नेपाली कांग्रेसका दुई, एमालेका पाँच, माओवादीका एक, राप्रपाका दुई जना, जसपाबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना नै बैठकमा उपस्थित नभएको जानकारी दिए । उनले समितिको बैठक आगामी माघ २४ गते बिहान साढे ८ बजेका लागि बोलाउने निर्णय भएको बताए ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पूर्वाधार समितिमा दुई ठुला जलविद्युत परियोजनाहरू मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयका विरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्नको लागि मन्त्रीलाई बोलाएको बताए । उनले समितिमा कोरम पुर्याउँदा पुग्ने अवस्था भए पनि कांग्रेसका एक जना पनि सांसदहरू बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको उनको जिकिर छ ।
उनले कांग्रेसका सांसद कल्पना चौधरी र राजेन्द्र बजगाइं समितिमा आएर उपस्थित भएर मात्रै फर्किएको बताए । नेपाली कांग्रेसका सांसदहरू एजेन्डा प्रस्तुत गर्ने समयमा बाहिरी सकिएकाले बैठक अघि बढाउन नसकिएको उनको जिकिर छ । उनले मन्त्रालयले समितिले कोरम पुर्याउन नसकेको देखाउनको लागि काँग्रेसका सांसदहरूलाई उपस्थित नराएको देखिएको आरोप लगाए ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो । छलफलका लागि ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ समितिको सभाकक्षमा पुगेका थिए । तर सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण