अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी
काठमाडौँ । अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् ।
उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।
थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो अध्यक्षका अर्का उम्मेदवार विजयप्रकाश सापकोटा पक्षधरका हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।
९ उपमहासचिवमध्ये ७ जना जनार्दन निकट विजयी
यस्तै ९ जना उपमहासचिवमा कोशीका विपिन पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् । मधेशबाट गजेन्द्र यादवले ४०७ मत ल्याएर विजयी भएका छन् । बागमतीबाट निर्मला गौतमले ८०३ मत ल्याएर विजयी भएकी छिन् ।
यसैगरी गण्डकीबाट भगवान बास्तोलाले ७६९, लुम्बिनीबाट रेशम अधिकारीले ६२८, कर्णालीबाट प्रकाश अधिकारीले ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्टले ३९९ मत ल्याएर जितेका छन् । उपत्यका विशेषबाट निरोज श्रेष्ठ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् । निरोश श्रेष्ठ र विपिन पोखरेलबाहेक सबै हेमन्त राई पक्षका हुन् । हेमन्त राई प्यानल माओवादी केन्द्रका नेता जनार्दन शर्मा समर्थित हो l
१२ वटा सचिवमध्ये यसअघि शर्मा निकट वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान र युन्छोङहाङ मावो विजयी भएका थिए । कोषाध्यक्षमा फुलमाया राना खुशी विजयी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण