साउदी अरबमा भयानक सडक दुर्घटना, ९ भारतीयको मृत्यु
रियाद । साउदी अरबमा भएको एउटा भयानक सडक दुर्घटनामा ९ जना भारतीयको मृत्यु भएको छ । जेद्दाहस्थित भारतीय मिसनले यसबारे जानकारी दिएको भन्दै अमर उजालाले समाचार छापेको छ ।
दुर्घटना पश्चिमी साउदी अरबको जिजान नजिकै भएको बताइएको छ । दुर्घटनामा मारिएकाहरूका परिवारसँग सम्पर्कमा आफू रहेको मिसनले बताएको छ । यसबाहेक साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूले आफ्नो सहयोग बढाइरहेको पनि बताइएको छ ।
‘साउदी अरेबियाको पश्चिमी क्षेत्रको जिजान नजिकै भएको सडक दुर्घटनामा ९ भारतीय नागरिकको दुखद मृत्यु भएकोमा हामी गहिरो समवेदना व्यक्त गर्दछौँ, शोकसन्तप्त परिवारजनप्रति हाम्रो हार्दिक समवेदना,’ भारतीय वाणिज्य दूतावासले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा भनेको छ ।
पोस्टमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण