विमान दुर्घटना
अमेरिकी आकाशमा उडिरहेको अवस्थामा विमान र हेलिकोप्टर आपसमा ठोक्किए
बिहीबार, १७ माघ २०८१, ०९ : ५७
वासिङ्टन । अमेरिकन एयरलाइन्सको विमान आकाशमै एउटा हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले उक्त दुर्घटनाबारे जानकारी दिएको हो ।
यो दुर्घटना स्थानीय समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको हो । आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ ।
विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको अवस्थामा उक्त विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दुर्घटनाबारे आफूलाई पूर्ण रूपमा जानकारी गराइएको बताएका छन् ।
दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य सवार रहेको बताएइको छ । दुर्घटनाबाट भएको हताहतको विवरण भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण