ओली सरकार जनताको घेराबन्दीले आतङ्कित छ : अग्नि सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको घेराबन्दीले सरकार आतङ्कित भएको बताएका छन् । बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले भोलिदेखि विपक्षी दलहरूको समेत घेराबन्दीमा पर्ने जिकिर गरे ।
दुई तिहाइको सरकार भए पनि सरकार निकै कमजोर भएको सापकोटाको भनाइ छ । सरकार बनेको दिनदेखि नै केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको दाबी गरे ।
‘सरकार यति आतङ्कित छ कि जनताको घेराबन्दीमा परेको छ । भोलिदेखि विपक्षीहरूको घेराबन्दीमा पर्दैछ । अहिले सत्तारुढ पार्टीका पनि हरेक दिन बैठक बसिराखेका छन् । विधेयकको विरोध गर्यो भने प्रतिवाद गर्नुपर्छ भन्छ । यसको अर्थ सरकार कमजोर भयो भनेर बुझ्नुहोला । उनीहरू बहस भन्दैनन् । प्रतिवाद गर्ने भन्छन् । यो कमजोर मानसिकताको द्योतक हो । डे वानदेखि नै सुशासन, सामाजिक न्याय, सेवा प्रवाह लगायत जीवनका हरेक क्षेत्रमा यो सरकार असफल भइरहेको छ’, उनले भने ।
उनले ओली सरकार सदनदेखि भागिरहेको आरोप लगाउँदै सरकारले ल्याएको अध्यादेशमा बदनियत पूर्ण विषय भएको बताए ।
‘सबैभन्दा खतरनाक कुरा भूमि विधेयकमा समेटिएको छ । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न विधेयक ल्याइएको छ । अहिले फास्ट ट्र्याकको कुरा आइराखेको छ, म भन्छु–विधेयक छलफल गर्ने समितिमा हो । त्यहाँ अल्पमत र बहुमत हुँदैन । रौं चिरा छलफल गरिन्छ’, सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण