सिंहदरबारमा मधेसी दलको बैठक (तस्बिरहरू)
काठमाडौँ । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चा बन्दीका लागि कार्यदलको बैठक जारी रहेको छ । सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागिता रहेको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको हो ।
_UJPfXMLR7R.jpg)
बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी सहभागी छन् । नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टाछुट्टै वार्ता समिति गठन गरेका छन् ।
गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । त्यो दिनको बैठकले मोर्चा बन्दी वा सहकार्यका लागि साझा दस्ताबेज बनाउने सहमति भएको थियो । हरेक दलबाट एक–एक जना राखेर दस्ताबेज बनाउने कार्यदल गठन गर्ने सहमति गरेको थियो । ती विषयहरूमा पनि आजको बैठकमा छलफल भइरहेको छ ।
_r7A3ke4BPX.jpg)
_EGQCe84bEy.jpg)
_UVepATc24g.jpg)
_uU8bLfLQDf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण