बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ ‘बोबी’को रोमान्टिक गीत ‘आँखाको नानी’

मङ्गलबार, १५ जेठ २०७५, १६ : ५१
मङ्गलबार, १५ जेठ २०७५

काठमाडौँ । २९ असारमा प्रदर्शन हुने चलचित्र रिलिज गरिएको छ । ‘आँखाको नानी’ बोलको गीतमा रियल कपल उमेश थापा र कबिता गुरुङको अभिनय रहेको छ । उमेश र कविता नै चलचित्रको मुख्य भुमिकामा रहेका छन् । यी दुबै रियल लाइफका पनि कपल हुन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाको स्वर सुन्न सकिन्छ । नर्वेमा खिचिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 

मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रका निर्माता पनि उनी नै हुन् । ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा केही अगाडी गरिएको थियो ।

उमेश र कविताका अलावा चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको रियल प्रेमकथा चलचित्रले उठाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप