प्रचण्डलाई हामीले अन्याय गर्यौँ : सुदन किराँती
काठमाडौँ । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन् । बिहीबार संसदीय दलको बैठकपछि रातोपाटीसँग कुरा गर्दै उनले भर्खर सम्पन्न विद्यार्थी संगठन अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम दुरुपयोग गरी अन्याय गरेको बताएका हुन् ।
किराँतीले हामी शब्दको प्रयोग गरी खुमलटारबाट केही नेताहरूले शक्तिको दुरुपयोग गरेकोप्रति लक्षित अभिव्यक्ति दिएका हुन् ।
‘अध्यक्ष प्रचण्डलाई हामीले अन्याय गर्यौँ । इतिहासमै विद्यार्थीको निर्वाचनलाई सौहार्दपूर्वक सम्पन्न गर्न सफल भयौँ । ३२ वर्ष उमेर हद आफैँमा कोशेढुंगा थियो नै’, उनले भने, ‘लोकतान्त्रिक प्रतिस्पर्धामा योग्य उम्मेदवार मैदानमा उत्रिएका बेला । हेडक्वार्टर(प्रचण्ड) को नाम दिएर धमिलो पानीमा माछा मारी खाने प्रवृत्तिले अध्यक्ष प्रचण्डको नाम हदैसम्म दुरुपयोग गरियो । व्यक्ति व्यक्तिसम्म फोन गयो । त्यो सर्वाधिक दुरुपयोग भयो । यसले माओवादी आन्दोलनको राजनीतिक नर्सरीमा प्वाइजन हाल्ने काम गर्यो । यो राम्रो कुरा भएन । यसको भण्डाफोर गर्नैपर्छ।’
विष भर्ने काम क–कसले गर्यो भन्ने विषयमा नाम खुलाउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण