बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार नै सरकारले यस पर्वलाई थप सहजीकरण गनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले यस पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल हुनुपर्ने बताए ।
‘ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एकदिने सरकारी बिदा पर्याप्त छैन’, मुख्यमन्त्री लामाले भने, ‘ल्होछार टुँडिखेललमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घरघरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन । तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन ।’ उनले ल्होछारलाई सार्वजनिक महत्व र कार्यक्रमभन्दा पनि घरभित्रको पर्वका रुपमा स्थापित गर्न समस्त तामाङ समुदायलाई आह्वान गरे ।
मञ्जुश्री संवत् २८६१ ‘सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्नका लागि बजेटकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।
‘बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा गएको छ । सुझाव कार्यदलले पेस गरेको सुझाव क्रमिक रुपमा कार्यान्वयन गर्दै जाने प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णयसमेत भएको छ’, उनले भने ।
कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले तामाङ समुदायको उपस्थिति बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वसंस्कृतिमन्त्री शैलेन्द्रमान बज्राचार्यलाई घेदुङले वर्ष व्यक्तिका रुपमा सम्मान गरेको थियो । बज्राचार्यककै पालामा तामाङ भाषाले बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण