ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात रहेको र जाँच जारी रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले बुधबार राती एक विमान र सैन्य हेलिकोप्टर टक्राएर भएको दुर्घटनाको जाँच चलिरहेको र आफुहरुको दिल टुटेको बताएका हुन् ।
उक्त हवाई दुर्घटनामा ६७ जनाको मृत्यु भएको छ । अमेरिकी अधिकारीहरुले कोही पनि जीवित बचेको हुन नसक्ने अनुमान लगाएका छन् । जहाँ अमेरिकन एयरलाइन्सको विमानमा ६४ जना र हेलिकोप्टरमा ३ जना सवार रहेको बताइएको छ ।
यस्तै, राष्ट्रपति ट्रम्पले पूर्ववर्ति सरकारलाई आरोप लगाउँदै झमेलापूर्ण विविध नियम दोषी छ, भनेका छन् । उनले हवाई यातायात नियन्त्रण भूमिकाको लागि नियुक्त गरिएकाहरु योग्य थिएनन् समेत भनेका छन् । हेलिकोप्टर विमान उडिरहेको स्थानमा के गरिरहेको थियो ? भन्नेतर्फ पनि ट्रम्पले प्रश्न गरेका छन् ।
अमेरिकी रक्षा सचिव पीट हेगसेथले ‘एक ठूलो गल्ती भएको छ । र, यस्तो प्रतित भइरहेको छ कि यो कुनै प्रकारको पदोन्नतिको मामला हो’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण