महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको छः नेता जम्कट्टेल
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले एमाले कांग्रेसको महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको बताएका छन् । वर्तमान सरकारका साझेदारहरू गठबन्धन टिक्छ वा टिक्दैन भनेर आतङ्कित बनिरहेको उनले बताए ।
शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा बोल्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका नेता जम्कट्टेलले सरकार अध्यादेशबाट मुलुक चलाउन खोजिरहेको बताए । सरकारी जग्गा हडप्ने, सहकारीको रकम अपचलनका घटना लुकाउने, गलत प्रवृत्ति गर्नेलाई जोगाउने तर्फ सरकार उद्धत रहेको उनले बताए ।
‘उहाँहरू भनिरहनु भएको छ, राजनीतिक स्थिरताको लागि यो गठबन्धन बनेको हो र यो सरकार ढल्दैन । तर, सरकार आतङ्कित भइरहेको छ ।’ उनले भने, ‘वर्तमान गठबन्धन भ्रष्टाचारी जोगाउने, सार्वजनिक जग्गा हडप्ने तर्फ अग्रसर छ । वर्तमान सरकार कानुन बनाएर गिरिबन्धु टी स्टेटको जग्गा व्यक्तिको बनाउने काममा केन्द्रित छ । प्रदेशका मन्त्री र सांसदहरू सहकार ठगीमा जोडिदा सरकारले देखे नदेखै गर्न मिल्दैन । त्यस विषयमा छानबिन गर्न पर्दैन ?’
सहकारी अध्यादेश बदनियतपूर्ण रूपमा आएको उनले बताए । देश आन्दोलनको दिशामा उन्मुख भइरहेको उनको भनाई छ । सरकार आम नागरिक प्रति उदार बन्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण