सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम
शुक्रबार, १८ माघ २०८१, १४ : २२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधिसभामा आफूले भनाइ राख्न चाहे पनि सभामुख देवराज घिमिरेले समय नदिएको आरोप लगाएकी छिन् ।
शुक्रकार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्–‘संसद्को पहिलो दिन हामीले केही विशेष कुरा राख्न चाहेका थियौँ । तर सभामुखले समय दिनुभएन त्यसको विरोधस्वरुप १५ मिनेट बैठक बहिष्कार गरेका हौँ । १५ मिनेट पुरा भयो अब हामी जान्छौँ ।’
सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न समय नदिएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण