प्रहरी प्रमुखमाथि छानबिन गर्न लिङ्देनको माग
शुक्रबार, १८ माघ २०८१, १६ : ०३

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै लिङ्देनले सम्पत्ति शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने बताएका हुन् ।
‘लामिछानेको सम्पत्ति छानबिन हुनुहुँदैन भन्ने होइन, अरु नेताको गर्नुपर्ने कि नपर्ने ? प्रधानमन्त्रीको ? वरीपरीकाको गर्नुपर्ने कि नपर्ने गरौँ । मेरो र परिवारको गरौँ’, लिङ्देनको आग्रह छ । तर उनले आफूलाई चित्त बुझेन, मन परेन भनेमात्र त्यस्ता डण्डा चलाउन नहुने भन्दै अहिलेका प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्ने बताए ।
‘सत्ताको कुन प्रकारको दुरुपयोग हो ? भन्ने कुराको नमुना पनि हो । उनलाई छानबिन भन्दा पनि सोध्न पर्यो’, लिङ्देनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म