संविधान पूर्ण रुपमा कार्यान्वयनमा नआएको अध्यक्ष राईको गुनासो
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सङ्घीयतालाई सबल बनाउनका लागि थुप्रै कानुनहरू बनाउन आवश्यक रहेको बताएका छन् । पाँच अधिवेशनमा आउँदासम्म पनि कानुनहरू निर्माण हुन नसकेको उनले गुनासो गरे ।
संसद्को हिउँदे अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले संसद्मा आउने विधेयकहरूलाई चाँडै पारित गर्नुपर्ने बताए । ऐन कानुन नहुँदा संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन नसकेको बताउँदै अध्यक्ष राईले संविधानको समीक्षा गर्ने बेला आएको तर कार्यान्वयनको अवस्था नै राम्रो नरहेको बताए ।
यो संसद्ले सरकारलाई मार्गदर्शन गर्नका लागि सकारात्मक भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले जनताको हितमा नै यो संसद्को अधिवेशनले कामहरू गरोस् भनी आफूले चाहेको बताए । अहिले जनतामा आशा र भरोसा जगाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले विभिन्न गतिविधिले जनतामा अविश्वास बढेको धारणा राखे ।
ताप्लेजुङमा मुकुलुङ आस्थामाथि चोट पुग्यो भने आधारमा स्थानीयमाथि सरकारको तर्फबाट गोली चल्दा केही आन्दोलनकारी घाइते भएको र केहीलाई गिरफ्तार गरिएको बताउँदै उनले उनीहरूको रिहाइका लागि माग पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण