केबलकार निर्माणविरुद्धको आन्दोलनमा आठ दलीय मोर्चा
काठमाडौँ । मधेस केन्द्रित दलको मोर्चासहित पहिचावादी संगठनहरूले ताप्लेजुङको मुक्कुमलुङमा भएको घटनालाई लिएर आन्दोलित भएका छन् ।
केबलकार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलनमा १२ गते सुरक्षाकर्मी र आन्दोलनकारीबिच झडप हुँदा केही आन्दोलनकारी घाइते भएका थिए । प्रहरीको हस्तक्षेपको विरोधमा मधेसी, आदिवासी जनजाति आबद्ध दल आन्दोलित भएका छन् ।
आन्दोलनकारीले कोशी प्रदेशका नौ वटा जिल्ला (लिम्बुवान) को अनिश्चितकालीन यातायात बन्दलाई निरन्तरता दिएको छ । मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका २०८१ माघ १५ देखिको अनिश्चितकालीन यातायात बन्दलाई माघ २० र २१ गतेसम्म नौ जिल्लाका यातायात बन्द रहने मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले जनाएको छ ।
त्यतिन्जेलसम्म माग सम्बोधन नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने समितिको चेतावनी छ ।
गिरफ्तार गरिएका संस्कृतिप्रेमीहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई बिनाशर्त रिहा गर्न समितिले माग गरेको छ । साथै केबलकार खारेज गर्नुपर्ने, पछिल्लो समय तैनाथ सुरक्षाकर्मी फिर्ता गरिनुपर्ने र गोली लागेका घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ ।
प्रहरी दमनबाट घाइते धोज नारायण साँवा, विशाल लिम्बू, मंगल लावती उपचाररत छन् । अभियन्ताहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई झुठो मुद्दा लगाइ थुन्ने काम गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार आठ दलीय मोर्चाका तर्फबाट नेताहरूले मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई अस्पतालमा गएर भेटेका छन् ।
शिक्षण अस्पतालमा यम बहादुर लिम्बु, धर्मन पालुङ्वा, सगुन लावतीलाई भेट्न आठ दलीय मोर्चाका नेताहरू पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण