ला लिगामा रायो भायकानो विजयी, लेगानेस घरेलु मैदानमा हार्यो
शनिबार, १९ माघ २०८१, ०५ : ११
काठमाडौं । स्पेनिस ला लिगामा २२ औं चरणको खेल सुरु भएको छ । लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा रायो भायकानोले लेगानेसलाई १–० ले हराएको छ ।
घरेलु टोली दश खेलाडीमा खुम्चिएको मौका उठाउँदै लेगानेसले महत्वपूर्ण तीन अंक हासिल गरेको हो । पहिलो आधा (हाफ) गोलरहित बराबरी भएको खेलमा भायकानोका तर्फबाट ७८ औं मिनेटमा पाथे सिसले गरेको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा लेगानेसका गोन्जालेजले रातो कार्ड पाएपछि घरेलु टोली १० जनामा सिमित भएको थियो । जितसँगै भायकानो अंक तालिकाको छैठौंं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियाल मड्रिडको २१ खेलबाट ४९ अंक छ भने समान खेलबाट एटलेटिको मड्रिडको ४५ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको भने ४२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण