दुर्घटनामा परिन् सलमान खानले बहिनी बनाएकी श्वेता
मुम्बई । बलिउड अभिनेता सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरा हालसालै एउटा भयानक दुर्घटनामा परेकी छन् । श्वेता आफैले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत यो जानकारी साझा गरेकी हुन्। श्वेता एक अभिनेत्री, लेखिका, चित्रकार र सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन्। उनी पुलकित सम्राटकी पूर्वपत्नी पनि हुन् ।
वास्तवमा पुलकित टिभीमा काम गरिरहेको बेला सेटमा दुवैको भेट भएको थियो र त्यसपछि दुवैले केही समय एकअर्कालाई डेट गरेपछि विवाह गरे । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन र एक वर्षमै टुट्यो र उनीहरू अलग भए । श्वेता रोहिराले दुई दिनअघि आफ्नो इन्स्टाग्राममा पोस्ट सेयर गरेकी थिइन् ।
यस पोस्टमा अभिनेत्रीले आफ्ना फ्यानहरूलाई आफ्नो दुर्घटनाको जानकारी दिएकी छिन् । श्वेताले सुनिल थडानीको सर्ट फिल्म ‘परिणिती’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यसबाहेक श्वेताले ‘द्याट्स माई गर्ल’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् र यसले उनलाई निकै लोकप्रियता पनि दिएको थियो । श्वेताले धेरै फेसन ब्रान्डका लागि मोडलिङ पनि गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण