बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
शनिबार, १९ माघ २०८१, २० : २२

काठमाडौँ । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस सङ्घको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिवार निर्विरोध चयन गरेको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थको प्रमुख आतिथ्यतामा भएको साधारण सभाबाट जीवन मानन्धरले उपाध्यक्ष, बाबुकाजी मानन्धरले सचिव तथा सुनिल अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
यसैगरी हरिश श्रेष्ठ, राजेश मुल्मी, राकेशमान श्रेष्ठ, दीपेन्द्र लामिछाने, सञ्जय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बज्राचार्य, रमेश प्रजापति र उर्मिला श्रेष्ठ सदस्यमा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि