ट्रम्पले मेक्सिको र क्यानाडामाथि लगाए २५ प्रतिशत ट्यारिफ, चीनलाई थप १० प्रतिशत कर
आइतबार, २० माघ २०८१, ०५ : १७
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडामाथि आयातित वस्तुमा २५ प्रतिशत ट्यारिफ लगाएका छन् । ह्वाइट हाउसले यसको पुष्टि गरेको छ ।
ट्रम्ले चीनमाथि १० प्रतिशत कर थोपरेका छन् । तर, क्यानाडाबाट आयात हुने विद्युतमा भने १० प्रतिशत कम ट्यारिफ लाग्ने बताइएको छ । ह्वाइट हाउसले अमेरिकामा फेन्टेनाइल संकटसँग जुध्नका लागि ट्यारिफ लागू गर्न लागिएको बताएको छ । क्यानेडेली वस्तुहरुमाथिको ट्यारिफ मंगलबारबाट लागू हुने भनिएको छ ।
यसको जवाफमा क्यानाडाका निवर्तनमा प्रधानमन्त्री जस्टिन ट्रुडोले एक घोषणा गर्ने तयारी गरेका छन् । उता, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले शुक्रबारै अमेरिकाद्वारा ट्यारिफ थोपर्ने काम भए आफु ‘चिसो दिमाग’ले अघि बढ्ने प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण