ट्रम्पले मेक्सिको र क्यानाडामाथि लगाए २५ प्रतिशत ट्यारिफ, चीनलाई थप १० प्रतिशत कर
आइतबार, २० माघ २०८१, ०५ : १७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडामाथि आयातित वस्तुमा २५ प्रतिशत ट्यारिफ लगाएका छन् । ह्वाइट हाउसले यसको पुष्टि गरेको छ ।
ट्रम्ले चीनमाथि १० प्रतिशत कर थोपरेका छन् । तर, क्यानाडाबाट आयात हुने विद्युतमा भने १० प्रतिशत कम ट्यारिफ लाग्ने बताइएको छ । ह्वाइट हाउसले अमेरिकामा फेन्टेनाइल संकटसँग जुध्नका लागि ट्यारिफ लागू गर्न लागिएको बताएको छ । क्यानेडेली वस्तुहरुमाथिको ट्यारिफ मंगलबारबाट लागू हुने भनिएको छ ।
यसको जवाफमा क्यानाडाका निवर्तनमा प्रधानमन्त्री जस्टिन ट्रुडोले एक घोषणा गर्ने तयारी गरेका छन् । उता, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले शुक्रबारै अमेरिकाद्वारा ट्यारिफ थोपर्ने काम भए आफु ‘चिसो दिमाग’ले अघि बढ्ने प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह