नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधिसभामा दर्ता
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी विधेयक दर्ता भएको छ । सरकारले शनिवार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दुई विधेयक दर्ता गराएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई विधेयक दर्ता गराएका हुन् ।
दर्ता भएको विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ रहेका छन् ।
हाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामकीय निकायको भूमिका खेल्दै आएको छ । शनिवार दर्ता भएको विधेयक पास भए प्राधिकरण टुक्राउने बाटो खुल्ने छ ।
यसअघि पनि तत्कालीन मन्त्री योगेश भट्टराईले २०७६ सालमा विधेयक दर्ता गराएका थिए । राष्ट्रिय सभामा दर्ता गरिएको उक्त दुबै विधेयक २०७८ सालमा सरकारले फिर्ता लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण