३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
आइतबार, २० माघ २०८१, १३ : २२
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख घुससहित पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध मुद्दा दायर गरेको छ ।
पेन्सनपट्टा बनाइने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेपछि उनी रंगेहात पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा उनले कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा बनाइदिनका लागि बिभिन्न बहाना ३ लाख घुस लिएको पुष्टि भएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रसाई र कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण