सुनकोशी र राप्ति खोलाको पानी ल्याएर तराई–मधेसमा खानेपानीको समस्या समाधान गर्छौं : मन्त्री यादव
बारा । खानेपानीमन्त्री प्रदीप यादवले सुनकोशी र हेटौडास्थित राप्ति खोलाको पानी ल्याएर तराई–मधेसका नागरिकको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने गरी आफूले योजना बनाई काम गरिरहेको बताएका छन् ।
आइतबार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढ, बाराको नवौँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तनको असर, भूकम्पका कारण तथा चुरे दोहनका कारण तराई–मधेसमा पानीका चापाकलदेखि मुहानहरू सुक्दै जान थालेकाले अब पानीको निकै समस्या उत्पन्न हुने बताए ।
उनले भने, “खानेपानीको क्षेत्रमा निकै चुनौती रहेको छ । सुनकोशी र हेटौडाको राप्ति खोलाको पानी ल्याएर ट्रिटमेन्ट गरेर दीर्घकालीन रूपमा यहाँको खानेपानीको समस्या समाधान गर्नका लागि योजना बनाएर अघि बढ्दैछौँ ।”
मन्त्री यादवले तराई–मधेसका ६ जिल्ला (खासगरी सप्तरीदेखि पर्सासम्म)मा सुनकोशी डाइर्भसनबाट शुद्ध खानेपानी ल्याउन करिब रु ४६ अर्बको बजेट भएको र अन्य डिजाईनको टेण्डर भएमा एवं आफूले विज्ञसँग गरेको सल्लाह अनुसार करिब रु ५० अर्ब लागत लाग्ने अनुमान गरिएको बताए ।
मन्त्री यादवले निजगढमा खानेपानीको निकै चुनौती रहेको र खानेपानी समस्या समाधानका लागि आफूसहित सिङ्गो मन्त्रालय अग्रसर रहेको जानकारी दिए । उनले भने, “निजगढसहित बारा जिल्लाभरिमा खानेपानीको निकै चुनौती छ, यहाँका जिल्लामा डिपिआर सम्पन्न भएका खानेपानीका योजनामा मैले बजेट विनियोजन गरेको छु । अन्य डिपिआर सम्पन्न हुन बाँकी रहेका योजनामा पनि बजेट विनियोजन गर्छु ।”
मन्त्री यादवले खानेपानीमा राजनीति गर्नु महापाप भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण