युनाइटेड छाडेर भिल्ला पुगे रासफोर्ड
लण्डन । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्ड ऋणमा अर्को प्रिमियर लिग क्लब एस्टन भिल्लासँग अनुबन्ध भएका छन् । २७ वर्षीय खेलाडीले सिजनको अन्त्यसम्मका लागि क्लबसँग करार सम्झौता गरेका छन्, जसमा उनलाई किन्न सक्ने विकल्प पनि राखिएको छ ।
युनाइटेडका स्रोतका अनुसार भिल्लाले रासफोर्डको तलबको ७५ प्रतिशत रकम बेहोर्नेछ । क्लबले युनाइटेडलाई ऋणको रकम तिर्नेछैन । इन्सटाग्राममा एक सन्देश लेख्दै रासफोर्डले यो ऋण सम्झौता सम्पन्न गरेको युनाइटेड र भिल्लालाई धन्यवाद दिएका छन् ।
‘म मात्र फुटबल खेल्न चाहन्छु र नयाँ सुरुवातका लागि उत्साहित छु,’ उनले भने । युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमसँग सम्बन्ध बिग्रिएपछि रासफोर्ड टोलीमा पर्न सकेका थिएनन् । गत डिसेम्बरमा म्यानचेस्टर डर्बीमा टोलीमा नपरेपछि इंग्ल्याण्डका खेलाडीले आफू ‘नयाँ चुनौतीका लागि तयार’ रहेको बताएका थिए ।
भिल्लाले पेरिस सेन्ट जर्मेनका मिडफिल्डर मार्को असेन्सियोलाई पनि ऋणमा अनुबन्ध गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण