अख्तियारले चलायो ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुल्मीस्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गलत लिखत तयार एवं गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर भएको उनको भनाइ छ ।
शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शिक्षक छनौटको कुनै कानुनी प्रक्रिया पूरा नगरी असम्बन्धित व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको, निजको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालिगण्डकी गाउँपालिकामा पेस गरी गैर कानुनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ट तलब बुझेको पाइएको अख्तियारको भनाइ छ ।
सापकोटासहित तत्कालीन प्रधानाध्यापक तथा सदस्य सचिव मित्रलाल पाण्डे, कर्मचारी प्रेम नारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेलाई प्रतिवादी बनाएर कसुर तथा सजायको मागदाबी लिई मुद्दा दायर गरिएको भन्दै घिमिरेले प्रतिवादीहरूसँग ८ लाख ८७ हजार ८८० बिगो माग गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण