प्रतिबन्धको पाँच वर्षपछि भारत छिर्यो चिनियाँ फेशन ब्रान्ड सिइन
नयाँ दिल्ली । चिनियाँ फेशन जायन्ट सिइन भारतीय बजारमा पुनः प्रवेश गरेको छ । भारत सरकारले प्रतिबन्ध लगाएको पाँच वर्षपछि कम्पनी पुनः भारत छिरेको हो । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स रिटेलमा सिइन एपलाई पुनः लन्च गरिएको नाम नखुलाउने शर्तमा रिलान्स रिटेलको एक अधिकारीले भनेको भन्दै बीबीसीले समाचार छापेको छ । यसबारे रिलायन्सले अहिलेसम्म कुनै पनि घोषणा गरेको छैन ।
कठोर खालका सर्तहरू राखेर सिइनलाई भारतीय बजारमा छिराइएको छ । यसमा प्रयोगकर्ताको सबै डेटा भारतमै भन्डार गर्नु पर्ने लगायतका सर्तहरू भएको डिसेम्बरमै भारतका वाणिज्य मन्त्री पीयूष गोयलले भनेका थिए । २०२० मा भारतले सिइन र टिकटकसमेतका दर्जनौँ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रयोगकर्ताको डेटा सुरक्षाको चिन्ता र विवादित सीमावर्ती क्षेत्रमा दुई देशका सेनाबिच भिडन्तका घटनाहरू आइरहँदा त्यतिबेला भारतले चिनियाँ एपहरूमाथि भटाभट प्रतिबन्ध लगाएको थियो । शुक्रबार राति सिइनलाई भारतमा लन्च गरिएको छ । त्यसयता १० हजारभन्दा धेरै जनाले एप डाउनलोड गरेका छन् । एपले १९९ भारु (२ डलर ३० पैसा)मै फेसनवेयर बेचिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण