प्रतिबन्धको पाँच वर्षपछि भारत छिर्यो चिनियाँ फेशन ब्रान्ड सिइन

नयाँ दिल्ली । चिनियाँ फेशन जायन्ट सिइन भारतीय बजारमा पुनः प्रवेश गरेको छ । भारत सरकारले प्रतिबन्ध लगाएको पाँच वर्षपछि कम्पनी पुनः भारत छिरेको हो । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स रिटेलमा सिइन एपलाई पुनः लन्च गरिएको नाम नखुलाउने शर्तमा रिलान्स रिटेलको एक अधिकारीले भनेको भन्दै बीबीसीले समाचार छापेको छ । यसबारे रिलायन्सले अहिलेसम्म कुनै पनि घोषणा गरेको छैन ।
कठोर खालका सर्तहरू राखेर सिइनलाई भारतीय बजारमा छिराइएको छ । यसमा प्रयोगकर्ताको सबै डेटा भारतमै भन्डार गर्नु पर्ने लगायतका सर्तहरू भएको डिसेम्बरमै भारतका वाणिज्य मन्त्री पीयूष गोयलले भनेका थिए । २०२० मा भारतले सिइन र टिकटकसमेतका दर्जनौँ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रयोगकर्ताको डेटा सुरक्षाको चिन्ता र विवादित सीमावर्ती क्षेत्रमा दुई देशका सेनाबिच भिडन्तका घटनाहरू आइरहँदा त्यतिबेला भारतले चिनियाँ एपहरूमाथि भटाभट प्रतिबन्ध लगाएको थियो । शुक्रबार राति सिइनलाई भारतमा लन्च गरिएको छ । त्यसयता १० हजारभन्दा धेरै जनाले एप डाउनलोड गरेका छन् । एपले १९९ भारु (२ डलर ३० पैसा)मै फेसनवेयर बेचिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन