मुख्यमन्त्रीले जवाफ नदिए प्रदेश सभा अवरुद्ध गर्ने माओवादीको चेतावनी
विराटनगर । कोशी प्रदेश सभामा आफ्नो दल तथा प्रतिपक्षी सांसदहरूले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिए प्रदेश सभा नै अवरुद्ध गर्ने माओवादी केन्द्रले चेतावनी दिएको छ ।
प्रदेश सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै माओवादीका सांसद गणेश उप्रेती सुशीलले यस्तो चेतावनी दिएका हुन् ।
यसअघि माओवादीले गत असोजमा आएको बाढी पीडितको राहत, पुनर्स्थापना र पुनःनिर्माणको काम के कसरी अगाडि बढेको छ ? प्रदेश सरकारका मन्त्रीको अवैधानिक तरिकाले जापान भ्रमणप्रति सरकारको धारणा के हो ? भन्ने प्रश्नको जवाफ माग गरेको थियो ।
उप्रेतीले प्रदेश सरकार संसदप्रति अनुदार हुँदै गइरहेको दाबी गरे । ‘अधिवेशन प्रारम्भ भएदेखि नै प्रमुख प्रतिपक्षी दलको नेता र अन्य दलका माननीयज्यूहरूले पनि सरकारले दिनुपर्ने जवाफको विषय यहाँ उठाउनु भयो । तर, सरकारले त्यसको जवाफ दिन चाहेन,’ उनले भने, ‘हामी मुख्यमन्त्रीज्यूको जवाफ चाहन्छौँ । आउँदो बैठकमा पनि मुख्यमन्त्रीज्यूले प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ, धारणा सरकारले सार्वजनिक गर्दैन, सदनमा दिँदैन भने यो सदन चल्न सक्दैन ।’ उनले दलको तर्फबाट सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।
उनले ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङमा तनाव कम गर्न वार्ताको वातावरण बनाउन माग गरे । ‘त्यहाँ सशस्त्र फौज राखेर वार्ता हुँदैन । त्यहाँबाट सशस्त्र फौज फिर्ता गर्नुपर्यो, काम रोक्नु पर्यो र वार्ता गर्नुपर्छ,’ उनले भने ।
यस्तै उनले सरकारले धान, मकै तथा तरकारी खेतीको ब्लक, जोन, सुपर जोन, विशेष क्षेत्र घोषणा गरिए पनि सो क्षेत्रमा मलको अभाव भएको बताए । यस्तै मोरङको रतुवामाइको सोनापुर नेपाल–भारत सीमामा रहेको मुस्लिम टोलका ३५ घर विस्थापित गर्न सरकारले सूचना जारी गरेको भन्दै उनीहरूको वैकल्पिक व्यवस्था गर्न उनले माग गरे ।
उनका अनुसार नेपाल र भारतबिच त्यहाँको दुवैतिर बसेका सुकुम्वासीलाई हटाउने सहमति भएको छ । जुन सहमति अनुसार भारतीय पक्षले आफ्ना सुकुम्वासीको वैकल्पिक व्यवस्था गरेर हटाउन लागेको भएपनि नेपालतर्फका सुकुम्वासीलाई विकल्प बिनै घरबारविहीन बनाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण