क्यानाडा र मेक्सिकोमाथि आयातकर लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
काठमाडौं । सीमा सम्झैता अर्थात् सीमामा कडाइ गर्ने सहमति पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानाडा र मेक्सिकोविरुद्ध घोषित ट्यारिफ प्रस्तावबाट पछि हटेका छन् ।
क्यानाडा र मेक्सिकोविरुद्ध घोषित २५ प्रतिशत आयातकर मंगलबारदेखि लागू गर्ने ट्रम्पको तयारी थियो । अब उनले एक महिनाका लागि यो प्रस्ताव स्थगित गरेको बीबीसीले जनाएको छ ।
मेक्सिको र क्यानाडा सीमा सुरक्षामा सुधार गर्ने र लागू औषधको चोरी पैठारीमा रोक लगाउन सहमत भएसँगै ट्रम्प नरम भएका हुन् । क्यानाडा र मेक्सिको दुबै अमेरिकाको सबैभन्दा ठूला व्यापारिक साझेदार मानिन्छन् ।
ट्रम्प आफ्नो योजनामा अडिग रहेका खण्डमा यी दुबै मुलुकले समेत जवाफी आर्थिक व्ययभारको उपाय अवलम्बन गर्ने घोषणा गरेका थिए । ट्रम्पसँगको सम्झौता अनुसार क्यानाडाले विशेष जाँचकी नियुक्त गर्ने र मेक्सिकोले दश हजार सैनिक सीमामा पठाउनेछ ।
उता, डेमोक्र्याटहरुले ट्रम्प प्रशासनका गतिविधिलाई लिएर कडा टिप्पणी गरेका छन् । उनीहरुले ट्रम्प अमेरिकी सहायता एजेन्सी बन्द गर्न तथा युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभ्लपमेन्ट (युएसएआईडी)लाई अमेरिकी विदेश विभागमा विलय गराउन उद्दत रहेको टिप्पणी गरेका हुन् । क्यानाडा र मेक्सिकोमाथि ट्यारिफ लगाउने प्रस्तावको समेत उनीहरुले विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण