प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशको औचित्य पुष्टि गर्न अझै कसरत आवश्यक रहेको बताए । गण्डकी प्रदेश स्थापनाको सात वर्ष पुगेको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकसामु जिम्मेवार भएर काम गर्न सरकारलाई सुझाए ।
‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश सभा र प्रदेश सरकारले वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आवधिक योजनालाई कुशल कार्यान्वयन गरियो भने प्रदेश सरकारको योगदानको अवश्य पुष्टि हुनेछ ।’
उनले संविधान, संवैधानिक कार्यसूची अनुसार नागरिकसामु जिम्मेवार भएर काम गर्न अह्राए । ‘नागरिकका अपेक्षा, चाहना पूर्ण प्रतिबद्ध रही पूरा गर्न सकोस्,’ उनले भने, ‘प्रदेश सभा र प्रदेश सरकारबिच सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुन सकोस् ।’ स्थापनादेखि हालसम्म प्राप्त उपलब्धिहरू सह्रानीय भएको र उल्लेख्य उपलब्धि हासिल गर्न अझै बढी प्रतिबद्धता र अठोट आवश्यक रहेको उनले बताए ।
प्रदेशले बनाउनु पर्ने कानुनहरू निर्माण, शान्ति सुरक्षामा सुधार, रोजगारी सिर्जना लगायत काममा सरकार तल्लीन हुनुपर्ने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण