इजरायली प्रधानमन्त्री नेतहन्याहू ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिका भ्रमणमा पुगेका छन् । नेतन्याहू नै डोनाल्ड ट्रम्पको दोस्रो कार्याकालमा पहिलो अमेरिका भ्रमण गर्ने विदेशी नेता बनेका छन् ।
नेतन्याहू र ट्रम्पबीच ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता भएको बीबीसीले जनाएको छ । गाजा युद्धविरामको महत्वपूर्ण मोडबीच नेतन्याहूको अमेरिका यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ट्रम्पको पहिलो कार्यकालमा नेतन्याहू निकट सहयोगी थिए । जतिबेला अमेरिकी राष्ट्रपतिले आफ्नो दूतावासलाई जेरुशलेममा स्थानान्तरण गरेका थिए त्यसबेला उक्त कदमको प्यालेस्टाइनीसहित कयौँले निन्दा गरेका थिए ।
इजरायल र हमास विद्रोहीबीचको १५ महिना लामो युद्ध रोक्न हाल सुरुवाती ६ हप्ताको सम्झौता जारी छ । ट्रम्पले प्यालेस्टाइनीहरुलाई गाजाबाहिर फेरि पनि बसाउन सकिने सुझाव दिएका बताइएको छ । तर, मध्यपूर्वका देशहरुले यो प्रस्तावलाई नकारेका छन् ।
ट्रम्पले क्षतिग्रस्त ठाउँलाई पुन योग्य बनाउने सुझाव पेश गरिरहँदा नेतन्याहू अहिले पनि गाजा युद्धविराम अस्थायी भएको र इजरायलसँग अझै पनि लडाइमा फर्किने अधिकार सुरक्षित रहेको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण