ओटीटीमा आएको चार दिनमा पुष्पा २ ले बनायो यस्तो रेकर्ड
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २’ ओटीटीमा रिलिज भएको चार दिन भयो । सिनेमा हलपछि फिल्मले ओटीटीमा पनि आफ्नो जादु देखाइरहेको छ । फिल्मले पश्चिमेली दर्शकहरूमाझ ठुलो छाप छाडिरहेको छ ।
ओटीटीमा रिलिज भएको चार दिनपछि नै ‘पुष्पा २’ ले पश्चिमी दर्शकहरूमा गहिरो प्रभाव पारेको छ । यो फिल्म सात देशहरूमा नम्बर एक स्थानमा पुगेको छ । ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ चार दिनमा विश्वव्यापी गैर–अंग्रेजी श्रेणीमा ५८ लाख भ्यूज पाउँदै दोस्रो स्थानमा कायम छ ।
बक्स अफिसमा यति गरेको थियो कलेक्सन
अल्लु अर्जुनको फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । स्याकानिल्कको रिपोर्ट अनुसार, फिल्मले भारतमा मात्रै कुल १ हजार २३३ करोड ८० लाख भारु कमाएको छ । विश्वभर भने फिल्मको कूल कमाई १ हजार ७४१ करोड ७५ लाख भारु थियो । रिलिज हुने बित्तिकै फिल्मले बक्स अफिसमा कयौं फिल्मको रेकर्ड तोडेको थियो ।
अल्लु अर्जुन अभिनीत यस फिल्ममा रश्मिका मन्डनाले अल्लु अर्जुनको श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । फहाद फासिल खतरनाक भिलेनको भूमिकामा देखिएका थिए । फिल्ममा जगपति बाबु, राव रमेश, अनुसूया भारद्वाज, सुनील लगायतको अभिनय पनि रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण