गोलभेँडामा पनि भेटिन थाल्यो विषादी
बुधबार, २३ माघ २०८१, १८ : ४५
काठमाडौँ । गोलभेँडामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार परीक्षण गरेको तरकारीमध्ये सर्लाही क्षेत्रमा उत्पादित गोलभेँडामा विषादी भेटिएको हो ।
समितिले २० वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा सर्लाहीको दुई गोलभेडाका नमुनामा विषादी पाइएको हो । गोलभेँडामा ७२.७५३ प्रतिशत र अर्को ८३.६५९ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण