लुम्बिनी प्रदेश सभामा शासकीय सुधारको वार्षिक प्रतिवेदन पेस
बुधबार, २३ माघ २०८१, १८ : ५२
बुटवल । लुम्बिनी प्रदेशमा शासकीय सुधारको वार्षिक प्रगति प्रतिवेदन प्रदेश सभामा पेस भएको छ ।
बुधबार बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासनका लागि भए गरेका वार्षिक प्रगति प्रतिवेदन पेस गरेका हुन् ।
उक्त प्रतिवेदन अध्ययन, छलफल र सुझावका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको छ ।
प्रदेश सभाको विशेष समयमा बोल्दै प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले सङ्घ सरकार प्रदेश सरकारप्रति अहिले पनि सङ्कुचित भएका कारण प्रदेश जस्तो हुन नसकेको बताए । सरकारको कामबाट जनता उत्साहित बन्न नसकेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण