सहकारीको पैसा नतिर्ने सञ्चालक र ऋणीको सम्पत्ति बिक्री सुरु, तीन व्यक्तिको लिलामी गरिँदै
काठमाडौँ । सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो ।
२०७६ सालमा समस्याग्रस्त घोषणा गरिएको काठमाडौँको कमलाक्षीस्थित उक्त सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा समितिलाई गएको थियो । संस्थाका ऋणी सदस्य एवं सञ्चालकबाट संस्थालाई बुझाउनु पर्ने साँवा, ब्याज, हर्जना, जरिवाना तिर्न बुझाउन पत्राचार एवं पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत नआएको भन्दै उनीरुको सम्पत्ति लिलामी थालिएको हो । यसअघि यस्तो सम्पत्ति रोक्का मात्रै गरिएको थियो ।
अहिले संस्थाका अध्यक्ष मीनकृष्ण श्रेष्ठको नाममा रहेको सिन्धुपाल्चोक बाह्रबीसे ७ मा रहेको करिब साढे ६ रोपनी जग्गा लिलामी गर्न लागिएको छ । यसका लागि प्रतिरोपनी ३ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । संस्थाको सञ्चालक समितिका सनलम्बित सदस्य राजेशरत्न शाक्यको १० धुर जग्गा ७ लाख रुपैयाँ न्यूनतम मूल्य कायम गरी बिक्री गर्न लागिएको छ ।
त्यस्तै, ऋणी सदस्य बलराम भुजेलको धादिङ गजुरीमा रहेको १ रोपनी जग्गा १० लाख ८० हजार रुपैयाँमा तथा सूर्यविनायक १० स्थित चित्तपोलमा रहेको ४ आना जग्गा प्रतिआना १७ लाख रुपैयाँका दरले न्यूनतम मूल्य कायम गरी बिक्रीका लागि तोकिएको छ । इच्छुक व्यक्तिले ३५ दिनभित्र गोप्य शिलबन्दी गोप्य शिलबन्दी निवेदन पेश गर्नु समितिले अनुरोध गरेको छ ।
_UGVhy1Q9Jb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण